आइतवार ५ सरकारी निकाय विरुद्ध उच्च अदालत सुर्खेतमा रिट:

  ।   ३ जेष्ठ २०७८, सोमबार १०:४५

सुर्खेत ।राज्यबाट कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न नसकेको ,अक्सिजन अभाव भएको कारण देखाउदै विरामी लिन नसक्ने सुचना टाँस गरेको ,राज्य गैरजिम्मेवार र मुखदर्शक भएको कारण देखाउदै अधिवक्ता गणेश बहादुर ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन ।

मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, मुख्यमन्त्री महेन्द्र बहादुर शाही , सामाजिक विकास मन्त्रालय ,स्वास्थय सेवा महाशाखा कर्णाली ,प्रदेश अस्पताललाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ ।आइतवार दायर भएको रिटमा नेपालको संविधान विपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा १४४ को उपधारा (१)(२) समेत आधारमा परमादेश लगायत उपयुक्त आज्ञा,आदेश वा पुर्जी जारी गर्न माग समेत गरिएको छ।निवेदक गणेश ओलीले नेपालको संविधानको धारा ३५ र १४४ को उपधारा १ र २ जनस्वास्थ्य सेवा ऐेन २०७५ को दफा ३,उच्च अदालत नियमावली,२०७३को नियम १० र ११ तथा नियम २९,३५ (२)४१ र ४२ समेतको आधारमा सरुवा रोगको आधारभुत सेवा निशुल्क पाईने व्यवस्था गरेको उत्लेख गरेका छन।

Next Post

आज २८ औं मदन–आश्रित स्मृति दिवस : घटनाको अझै किन भएन छानबिन

३ जेष्ठ २०७८, सोमबार १०:४५
काठमाडौं। आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ।तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ […]