एथ्लेटिकोमाथि रियलको दबाब कायमै

  ।   ३१ बैशाख २०७८, शुक्रबार १४:३७

एजेन्सी-शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्ने क्रममा रियल म्याड्रिडले ग्रनाडालाई हराएको छ । यस जीतसँगै रियलले ३६ खेलबाट ७६ अंक बटुलेको छ । शीर्ष स्थानको एथलेटिकोको समान खेलबाट ७८ अंक छ ।

डिफेन्डिङ च्याम्पियन रियलले ग्रनाडा​लाई ४–१ ले हराएको हो । रियलबाट लुका मोडरिक, रोड्रिगो सिल्भा, अल्भारो ओड्रियोजोला र करिम बेन्जामाले एक–एक गोल गरेका थिए । जर्ज मोलिनाले ग्रनाडा​बाट एक गोल फर्काए ।

अब रियलले आगामी खेलमा एथलेटिको बिल्वाओको सामना गर्नेछ । त्यसभन्दा अघि शीर्ष स्थानको एथलेटिको म्याड्रिडले आइतबार ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानको एथलेटिकोभन्दा चार अंकले पछि रहेको तेस्रो स्थानको बार्सिलोनाले आइतरबारै सेल्टा भिगोको सामना गर्नेछ ।

Next Post

तेस्रो पटक ओलीले लिए प्रधानमन्त्रीको सपथ:ओलीले पुरानै मन्त्रीहरुलाई सपथ खुवाउने तयारी

३१ बैशाख २०७८, शुक्रबार १४:३७
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदै छन्।राष्ट्रपति कार्यालय शितल निवासले ओलीको सपथको सबै तयारी पूरा भइसकेको जनाएको छ। दिउँसो साढे २ बजे ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन्। प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा यसअघि रहेका सबै मन्त्रीलाई पनि आजै सपथ खुवाउने तयारी गरेका छन्।ओली क्याबिनेटमा […]