बहुमतको सरकार गठन गर्न राष्ट्रपतिद्धारा,तीन दललाई वैशाख ३० सम्मको मौका

  ।   २८ बैशाख २०७८, मंगलवार ०९:५६

काठमाडौं।वैशाख ३० गतेसम्म समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

सोमबार राति राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।’यसअघि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुअघि कानुनविदुहरुसँग परामर्श गरेकी थिइन् ।

Next Post

बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु

२८ बैशाख २०७८, मंगलवार ०९:५६
काठमाडौँ ।नयाँ सरकार गठनलाई लिएर नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको छ।सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी बैठक सुरु भएको हो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी […]