पुग्यो बहराइनी राजपरिवारको टोली विश्वको सर्वोच्च शिखर सगरमाथामा

  ।   २८ बैशाख २०७८, मंगलवार ०९:१४

काठमाडौं।बहराइनको राजपरिवारका सदस्यको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन्।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो ।राजपरिवारको टोली आज बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेको नेपाल पर्यटन विभागकी महानिर्देशक मीरा आचार्यले जानकारी दिइन्।

 

Next Post

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिद्धारा,तीन दललाई वैशाख ३० सम्मको मौका

२८ बैशाख २०७८, मंगलवार ०९:१४
काठमाडौं।वैशाख ३० गतेसम्म समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विश्वासको मत गुमाएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । सोमबार राति राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको […]