सुर्खेतसहित चार जिल्लाको विद्युत अवरुद्ध, समस्या पत्ता लागेन

  ।   २७ बैशाख २०७८, सोमबार १२:०८

सुर्खेत । सुर्खेतसहित चार जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतको कोहलपुर–सुर्खेत प्रशारण लाइन अन्तरगत हावाहुरी हुरीले क्षती पु¥याउँदा गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

हर्रे–चिसापानी क्षेत्रमा समस्या देखिएपनि कुन ठाउँमा विग्रिएको हो भन्ने समस्या पत्ता नलागेको नेपाल विद्युत प्राधिकरण केन्द्र सुर्खेतका प्रमुख टंकराज गिरीले जानकारी दिए । उनकाअनुसार विद्युत सुचारु गर्न प्राविधिक टोली फिल्डमा विहानैदेखि खटिएको छ । ‘निकुञ्ज क्षेत्र भएर लाइन ल्याइएकोले कहाँ नजिक समस्या छ भन्ने पत्ता लागिसकेको छैन,’ गिरीले भने, ‘टोली जंगलभित्र छिरेर खोज्नु पर्ने भएकोले टोलीले निकुञ्जको अनुमति लिएर खोजिरहेको छ ।’

निकुञ्ज भित्र नै विग्रिएकाले विद्युत सुचारु गर्न केही समय लाग्ने गिरीको भनाई छ । सुर्खेत ल्याइएको लाइन ३२ केभीए रहेकाले सामान्य हावाहुरी लाग्दा समेत यो बेला विद्युत अनियमित हुने गरेको छ ।

‘यो समय हावाहुरीसहित अधिक वर्षा हुने भएकोले निकुञ्जका रुखभन्दा विद्युत पोल साना छन्, रुख ढलेर वा हांगाविंगा लागेर विद्युतमा क्षती पुग्छ,’ गिरी भन्छन्, ‘१३३ केभिए लाइन विस्तार नहुँदासम्म यो समस्या सुर्खेतसहित विद्युत विस्तार भएका नागरिकहरुले झेलिराख्नु परेको छ ।’

कोहलपुरबाट सुर्खेत ल्याइएको विद्युत बर्दियाको बबई, सल्यान, सुर्खेत, जाजरकोट र दैलेखसम्म विस्तार गरिएको छ । मुख्य प्रशारण लाइनमै समस्याहुँदा सबै जिल्लामा विद्युत सेवा अनियमित हुने गरेको छ । @नेपाली रेबार

Next Post

दैलेखकाे आठविसमा पनि अक्सिजनसहितकाे आइसाेलेसन सञ्चालन:

२७ बैशाख २०७८, सोमबार १२:०८
 दैलेख।जिल्लाको आठबीस नगरपालिकाले कोरोना संक्रमणको बढदो खतराबाट नागरिकलाई जोगाउन अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।‘हाम्रो पालिकामा भारतबाट आउने नागरिकको संख्या उल्लेख्य छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जाँदा अीक्सजनको आवश्यकता पर्ने भएका कारण हाललाई हामीले दश वटा ठूला अीक्सजन सिलिण्डर खरिद गरेर आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका […]