अन्तत लचिलो बन्दै प्रधानमन्त्री ओली,हतारमा निर्णय नलिन माधव समुहलाई अनुरोध

मतभेद भए सँगै बसेर छलफल गरौं:

  ।   २७ बैशाख २०७८, सोमबार ११:२६

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको संभावना अझै नसकिएको बताएका छन्।  उनले हतारमा कुनै निर्णय नगर्न पनि सांसदहरुलाई अपिल गरेका छन्। माधव नेपाल समूहले राजीनामाको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अपिल आएको हो।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

Next Post

माधव समूहका सांसदले गरे यस्तो निर्णय,राजीनामा नदिने, संसद बैठकमा पनि नजाने :

२७ बैशाख २०७८, सोमबार ११:२६
काठमाडौँ।नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा विश्वासको मत लिँदै छन्। एमालेले आफ्ना सबै सांसदलाई संसदमा उपस्थित भएर […]