माधव समूहका सांसद छलफलमा, काे-काे छन् सहभागी?

  ।   २७ बैशाख २०७८, सोमबार ११:१०

काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको नेता माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ।

आफ्नो समूहले दिएको समय सीमाभित्र ओलीले कुनै प्रतिक्रिया नआएको हुनाले सामूहिक  राजीनामाको तयारी भइरहेको नेता झपड रावलले बताए।‘ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको छ। अहिले छलफल चलिरहेको छ। हामी सामूहिक राजीनामाको अन्तिम तयारीका छौँ’ उनले  भने।

प्रधानमन्त्री ओलीले आजै संसदमा विश्वासको मत लिँदैछन्। माधव समूहले पार्टी एकता जोगाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्कनुपर्ने अडान राख्दै आएको छ। तर, ओली आफ्नो निर्णय फिर्ता लिने मनस्थितीमा छैनन्।

Next Post

अन्तत लचिलो बन्दै प्रधानमन्त्री ओली,हतारमा निर्णय नलिन माधव समुहलाई अनुरोध

२७ बैशाख २०७८, सोमबार ११:१०
काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको संभावना अझै नसकिएको बताएका छन्।  उनले हतारमा कुनै निर्णय नगर्न पनि सांसदहरुलाई अपिल गरेका छन्। माधव नेपाल समूहले राजीनामाको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अपिल आएको हो। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले […]