संसदको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै :प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

  ।   २७ बैशाख २०७८, सोमबार ०८:४८

काठमाडौँ।संसदको विशेष अधिवेशन अन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिबाट संसदको विशेष अधिवेशनको आह्वान भएको हो ।बैठकको सुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र सोमबार नै विश्वासको मतमा मतदानको तयारी गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकले निर्णय गरे अनुसार कोरोना भाइरसबाट संक्रमित भएका सांसदहरुले पनि मत हाल्न पाउने गरि विशेष व्यवस्था गरिएको सचिवालको भनाई छ ।विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीले १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद छन् र उसले विपक्षमा मत दिने बताएको छ ।

माओवादी केन्द्रले हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उसका ४९ सांसद छन् ।आन्तरिक किचलोमा परेको र विभावित मनसायमा रहेको जनता समाजवादी पार्टीका ३२ सांसद रहेका छन् । जसपाले ह्वीप जारी गरेको छैन र उसका सांसदले व्यक्तिग विवेकका आधारमा मतदान गर्ने बताइएको छ ।

सत्तारुढ एमालेले ह्वीप जारी गरेर आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीको विरोधमा छ ।एमालेका सबै सांसदले मत दिएको अवस्थामा पनि ओलीलाई विश्वासको मत पाउन थप १५ सांसदको समर्थन चाहिन्छ ।

Next Post

ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, सम्बोधन नभए सामूहिक राजीनामा दिने चेतावनी

२७ बैशाख २०७८, सोमबार ०८:४८
काठमाडौं।नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मध्यराति ६ बुदे ध्याकर्षण पत्र लेखेको छ। नेपाल पक्षले आफ्ना माग पुरा नभए सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी सहितको पत्र लेखेको हो। नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ […]