वीरेन्द्रनगर नगरपालिकाले कोभिड बिरामी उद्धारका लागि ६ निर्णय सार्वजिक:

  ।   २६ बैशाख २०७८, आईतवार १७:२७

सुर्खेत।कोभिड बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स व्वस्थापनबारे ६ निर्णय सार्वजिक गरेको छ ।आइतबार नगर प्रमुखको निजी सचिवालयले निर्णय सार्वजनिक गरेको हो । नगर प्रमुख देवकुमार सुवेदीका अनुसार नगरपालिकाको निर्णय अनुसार कोभिडका बिरामीको उद्धार तथा उपचारमा खटिन थालिएको छ ।

यस्ता छन् तपशिलका ६ निर्णय:

१.दिनको समय (७ बजेदेखि ७ बजेसम्म)मा जनस्वास्थ्यको १ र नगरपालिकाको १ गरि २ एम्बुलेन्सले पालैपालो गरि वीरेन्द्रनगर क्षेत्रभित्रका विरामी बोक्ने ।

२. रातको समयमा जनस्वास्थ्यको थप अर्को १ वटा एम्बुलेन्सले सेवा गर्ने।

३. एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामीले वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले एकीन गर्ने । र अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने।

४.एम्बुलेन्स बोलाउँदा कटकुवा कोभिड हस्पिटलको नम्बर ०८३ ५२४४०३ मा सम्पर्क गर्नुपर्ने । स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाउने ।

५. जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत ०८३ ५२४४०३ मा सम्पर्क गर्न नम्बर दिने।

६.ल्याण्डलाईन ब्यस्त भए ईन्चार्जको ९८५८३२०००४ नम्बरमा कल गर्ने ।

Next Post

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

२६ बैशाख २०७८, आईतवार १७:२७
काठमाडाैं।गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।