‘विश्वासको मत’ भोलि नै लिइने, संक्रमित सांसद पनि सहभागी हुने

  ।   २६ बैशाख २०७८, आईतवार १६:४७

काठमाडौँ।संसदको कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले संक्रमित सांसदहरुलाई पनि मत हाल्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ।संसदका करिब दुई दर्जन सांसद कोरोना संक्रमित छन्।त्यस्तै, कार्यव्यवस्था समिति बैठकले संसदको सोमबार हुने विशेष अधिवेशन त्यही दिन अन्त्य गर्ने निर्णय पनि भएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुसहितको कार्यव्यवस्था समिति बैठकले यी दुई निर्णय गरेको हो।संक्रमित सांसदहरुलाई अलग्गै राखेर मत दिन पाउने व्यवस्था गरिने भएको हो।

प्रधानमन्त्रीले सोमबार संसदमा ‘विश्वासको मत’ लिने कार्यक्रम छ। ‘विश्वासको मत’ सोमबार नै लिइने र विशेष अधिवेशन अन्त्य हुने भएको छ।संघीय संसदका सांसद र कर्मचारीहरुसहित १२ सय भन्दा बढीमा गरिएको पिसिआर परीक्षणका क्रममा १२ प्रतिशत संक्रमित भेटिएका थिए।

Next Post

२४ घण्टामा कुल ८ हजार ८५० संक्रमित थपिए, ८० जनाको मृत्यु

२६ बैशाख २०७८, आईतवार १६:४७
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७७७ र ५०६ एन्टिजेन  परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमितको मृत्यु […]