गैरआवासीय नेपाली संघले २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने

  ।   २६ बैशाख २०७८, आईतवार १४:१०

लन्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरुका लागि १ सय वटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो ।

बैठकमा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्‍जीव सापकोटाले नेपालमा कोभिड -१९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढी रहँदा बिरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए ।

Next Post

नेपालसँग भेट्न ओलीले पठाए दूतका रुपमा पौडेल र नेम्वाङ

२६ बैशाख २०७८, आईतवार १४:१०
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीका दूतका रुपमा अर्थमन्त्री बिष्णु पौडेल र अर्का नेता सुवासकुमार नेम्वाङ वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न सिंहदरबार पुगेका छन्।सिंहदरबारमा आफूपक्षीय सांसदहरु छलफलमै रहेका बेला नेता नेपाललाई भेटन नेताद्वय पौडेल र नेम्वाङलाई सिंहदरबार पुगेका हुन्। आइतबार दिउँसो आफू पक्षीय नेताहरुसँगको भेट एकै छिनलाई रोकेर नेता पौडेल र […]