चेल्सीको पुनगरागमनसहित जित, उपाधिका लागि पर्खिनु पर्‍यो म्यानचेस्टर सिटीले:

  ।   २६ बैशाख २०७८, आईतवार ०९:१२

च्याम्पियन्स लिगका फाइनलिस्ट चेल्सी र म्यानचेस्टर सिटीबिच घरेलु लिगमा भएको खेलमा चेल्सीले बाजी मारेको छ ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पराजित भएसँगै उपाधिका लागि म्यानचेस्टर सिटीले पर्खिनु पर्ने भएको छ ।

४४ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलबाट सिटीले सुरुवाति अग्रता लिएको थियो । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्दै जित दर्ता गरेको हो । उसका लागि ६३ औँ मिनेटमा जियच र इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एलोन्सोले गोल गरेका हुन् ।चेल्सीले गोल गर्नुअघि सिटीले पाएको पेनाल्टीमा सर्जियो अग्युरो गोल गर्नबाट चुके।

म्यानचेस्टर सिटीलाई इंग्लिस च्याम्पियन बन्नका लागि तीन अंक चाहिएको छ । तीन खल बाँकी हुँदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक छ भने तेस्रो स्थानको चेल्सीको ३५ खेलबाट ६४ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले पराजित गरेको छ । ३४ खेलबाट ५७ अंकसहित लिभरपुल छैटौँ स्थानमा छ । सातौँ स्थानको टोटनह्याम भने शनिबार राति भएको खेलमा लीड्स युनाइटेडसँग ३–१ ले पराजित भयो ।शनिबार राति भएको अर्को खेलमा क्रिष्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको छ।

Next Post

शनिवार युवा संघ सुर्खेतद्धारा स्वास्थ्य सामाग्री वितरण:

२६ बैशाख २०७८, आईतवार ०९:१२
सुर्खेत । युवा संघले सुर्खेतमा स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरेको छ । शनिवार वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार तथा सर्वसाधारणलाई स्वास्थ्य सामाग्री विरतण गरिएको हो । क्रमश जिल्लाका अन्य स्थानीय तह तथा बजार क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिने युवा संघ सुर्खेतका अध्यक्ष कमल खड्का ‘जुनी’ ले जानकारी […]