संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन:

  ।   २४ बैशाख २०७८, शुक्रबार १४:४०
सांकेतिक फोटो
सांकेतिक फोटो

काठमाडौंसंघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ ।तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो।

स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।

Next Post

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन:

२४ बैशाख २०७८, शुक्रबार १४:४०
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। बैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यकर्मीको टोलीले सरकारी निवास बालुवाटारमै पुगेर स्वाब संकलन गरेको हो। अरु सांसद र संसद सचिवालयका कर्मचारीको बुधबार र बिहीबार स्वाब संकलन गरी परीक्षण गरिसकिएको छ। प्रधानमन्त्रीसँगै उनका स्वकीय तथा निजी […]