आज राती १२ बजे देखि हुम्लामा पनि निषेधाज्ञा:

  ।   २१ बैशाख २०७८, मंगलवार १५:३०

 

धन बहादुर भण्डारी

हुम्ला। हुम्लामा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन समिति हूम्लाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते (मंगलबार)राति १२ बजेदेखि वैशाख २८ गते (मंगलबार)सम्म हूम्लामा निषेधाज्ञा जारी गरिने निर्णय भएको हूम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य जानकारी दिए।

नेपालगञ्ज र सुर्खेतबाट आएका ८ जनालाई कोरोना भाइरस देखा परेपछि थप संक्रमण सङ्ख्या बढ्दै जाने र नागरिकस्तरमा पनि स्वास्थ्य मापदण्डको पालनामा कमी देखिएको भन्दै कोरोना महामारी थप फैलन नदिन अन्तिम विकल्पका रूपमा निषेधाज्ञा गर्ने निर्णय भएको प्रजिअ आचार्य बताए ।

 

Next Post

सिमकोटमा एक नवालिकाद्धारा आत्महत्या:

२१ बैशाख २०७८, मंगलवार १५:३०
धन बहादुर भण्डारी हुम्ला। जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहे गाउँकी एक नवालिकाले आत्महत्या गरेकी छन् । सिमकोट गाउँपालिका २ निवासी बर्ष ११ की सन्दिपा बोहराले मंगलबार दिनको ३ बजेको समयमा आफ्नै घरको गोठमा झुन्डिएर मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । दिनको समयमा गोठमा […]