थप एक हप्ता बाँकेमा निषेधाज्ञा बढाइयो:

  ।   २० बैशाख २०७८, सोमबार १४:०८

बाँके। बाँके जिल्लामा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पुयाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ। संक्रमण फैलावटको साङ्लो तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।

स्थानीय प्रशासनले सुरुमा नेपालगञ्ज उपमहानगरपालिकाभित्रमात्रै वैशाख ९ गतेदेखि। १५ गते रातिसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातिदेखि जिल्लाभरि बनाइएको थियो ।वैशाखको सुरुवातदेखि नै बाँकेमा संक्रमण धेरै बढेको छ । अहिलेसम्म बाँकेमा मात्रै १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

Next Post

मंगलबार रातीदेखि दैलेखमा निषेधाज्ञा:

२० बैशाख २०७८, सोमबार १४:०८
दैलेख । दैलेखमा मंगलबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा गरिने भएको छ। कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन समिति दैलेखको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते (मंगलबार)राति १२ बजेदेखि वैशाख २८ गते (मंगलबार)सम्म दैलेखमा निषेधाज्ञा जारी […]

सम्बन्धित