४१ जिल्लामा निषेधाज्ञा आदेश जारी:

  ।   २० बैशाख २०७८, सोमबार १३:४८

सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।

 

दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधाज्ञाको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

केही जिल्लामा आज रातिदेखि आदेश कार्यान्वयनमा जाँदै छ भने केही जिल्लामा मङ्गलबारबाट लागू हुनेछ । अधिकांश जिल्लामा आदेश कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।

Next Post

थप एक हप्ता बाँकेमा निषेधाज्ञा बढाइयो:

२० बैशाख २०७८, सोमबार १३:४८
बाँके। बाँके जिल्लामा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पुयाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ। संक्रमण फैलावटको साङ्लो तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि […]