यो वर्ष थप एक साता सार्वजिनक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय:

  ।   २० बैशाख २०७८, सोमबार १०:३७

सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा तपशिल रहेका छन।

धान दिवस असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै ,चैत्र १२ गते जुम्लामा मात्रै सार्वजनिक विदा ,साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते ,प्रदेश स्थापना तथा शहिद दिवस भदौ ४ गते ,असोज शुक्ल पूर्णिमा कार्तिक ३ गते ,चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्ला मात्र हुने निर्णय गरिएको छ।

Next Post

४१ जिल्लामा निषेधाज्ञा आदेश जारी:

२० बैशाख २०७८, सोमबार १०:३७
सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।   दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधाज्ञाको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ […]