कर्णाली सरकारद्धारा कोरोना संक्रमणबाट मृत्यु भएकालाइ एक लाख दिने निर्णय:

  ।   २० बैशाख २०७८, सोमबार १०:२२

 

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि कर्णाली सरकारले नागरिकहरुका लागि राहतका प्याकेज घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन्,’ प्रवक्ता केसीले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेश भित्रका नागरिकहरुको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’

Next Post

यो वर्ष थप एक साता सार्वजिनक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय:

२० बैशाख २०७८, सोमबार १०:२२
सुर्खेत । कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवसहरुमा विदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदा तपशिल रहेका छन। धान दिवस असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै ,चैत्र १२ गते जुम्लामा […]