एक सातासम्मका लागी कालिकोटमा निषेधाज्ञा:

  ।   १९ बैशाख २०७८, आईतवार १८:२७

कालिकोट। हाल विश्वभर फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ महामारीको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नेको लागी कालिकोट जिल्लाको मान्म सदरमुकाम लगायत जिल्ला भित्र रहेको कर्णाली राजमार्गको क्षेत्रमा आज राति १२ बजे देखी निषेधाज्ञा लगाउने भएको छ।

कोराना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन बढदै गइरहेकाले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालीकाको पुरै भाग र दहिखोला देखी नाग्मगाड, नाग्म बजार क्षेत्र
सम्मको कर्णाली राजमार्गको दायाँ वायाँ ५०० मिटर क्षेत्र सम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालयले पत्रद्धारा जानकारी दिएको छ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना नियन्त्रण बाहिर गइरहेको हुनाले महामारी रोक्न मान्म सदरमुकाम लगायत जिल्ला प्रवेश क्षेत्रका निषेधाज्ञा लगाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले जानकारी दिए। सार्वजनिक यातायात पुर्णरुपमा वन्द हुने र बैंक तथा वितिय संंस्था आवश्यकताका आधारमा आफु अनुरुप समय मिलायर सेवाग्राहीलाई सेवा भने दिन सकिने छ।

 

Next Post

कर्णाली सरकारद्धारा कोरोना संक्रमणबाट मृत्यु भएकालाइ एक लाख दिने निर्णय:

१९ बैशाख २०७८, आईतवार १८:२७
  सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि कर्णाली सरकारले नागरिकहरुका लागि राहतका प्याकेज घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक […]

सम्बन्धित