शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

  ।   १९ बैशाख २०७८, आईतवार १७:०८

लुम्बिनी। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन्। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए। त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य बिमला खत्री माओवादी केन्द्र प्रवेश गरिन्। त्यसपछि पोखरेल पुनः मुख्यमन्त्री बन्न सकस रहेको अनुमान हुँदै आएको अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Next Post

एक सातासम्मका लागी कालिकोटमा निषेधाज्ञा:

१९ बैशाख २०७८, आईतवार १७:०८
कालिकोट। हाल विश्वभर फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ महामारीको संक्रमणलाई रोकथाम र नियन्त्रण गर्नेको लागी कालिकोट जिल्लाको मान्म सदरमुकाम लगायत जिल्ला भित्र रहेको कर्णाली राजमार्गको क्षेत्रमा आज राति १२ बजे देखी निषेधाज्ञा लगाउने भएको छ। कोराना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन बढदै गइरहेकाले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालीकाको पुरै भाग […]