लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजिनामा:

  ।   १९ बैशाख २०७८, आईतवार ११:३२

बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् ।

Next Post

वली माओवादी केन्द्रमा प्रवेशगरेपछि ,पोखरेलको एकल सरकार वनाउने सपना गुम्यो:

१९ बैशाख २०७८, आईतवार ११:३२
लुम्बिनी। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वली माओवादी केन्द्र रोजेकी छन्। बिमलाले पार्टी प्रवेशपछि शंकर पोखरेलको बहुमत गुमेको छ।दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी हुन। सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन्। वलीको निर्णयसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको […]

सम्बन्धित