दैलेखमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु:

मृत्यु पछि एन्टिजेन टेष्ट-

  ।   १७ बैशाख २०७८, शुक्रबार १६:४८
 साकेतिक फोटो
साकेतिक फोटो

दैलेख।कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ। आज बिहान साढे ११ बजे त्यी महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो । मृत्यु पश्चात एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको रेग्मीले बताए ।उनले भने,‘ मृतक महिला १० महिनाकी गर्भवती रहेकी थिइन् । उनको बच्चा जन्मिने मिति नाघिसकेकाले सुर्खेत रिफर गरेको थियो ।

अस्पतालले रिफर गरेको भए पनि उनी जान मानेकी थिईनन् ।यस्तै स्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीटी सेवा आजै देखि बन्द गरिएको पनि रेग्मीले जानकारी गराएका छन् ।

Next Post

लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजिनामा:

१७ बैशाख २०७८, शुक्रबार १६:४८
बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार […]