इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु:

  ।   १७ बैशाख २०७८, शुक्रबार १२:३७

एजेन्सी । उत्तर पूर्वी इजरायलमा एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम ९एमडीए०ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ । द टाइम्स अफ इजराउलले कम्तिमा ४४ जनाको मृत्यु भएको र घाइतेहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् ।माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए । इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् ।

Next Post

कोरोना कहर बिरामीको ज्यान जोगाउँदै सङ्क्रमित स्वास्थ्यकर्मी, मृतकको सङ्ख्या ११० पुग्यो:

१७ बैशाख २०७८, शुक्रबार १२:३७
बाँके । स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । उनका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ […]

सम्बन्धित