ग्लोबल आइएमई बैङ्कको नाफा ३ अर्ब ५७ करोड, लाभांश दिन सक्ने क्षमता कति?

  ।   १६ बैशाख २०७८, बिहीबार १०:३५

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कको नाफा ३२.४० प्रतिशतले बढेको छ । आ।व। २०७६र७७ को तेस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७० करोड २६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ।व। २०७७र७८ को तेस्रो त्रैमास सम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ४४ अर्ब ३० करोड ३ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ९० करोड ५६ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ९२ करोड ८८ लाख ५८ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ६५ करोड ३५ लाख ७३ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।त्यस्तै बैंङ्कको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख ८१ हजार रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफालाई वार्षिक करण गर्दा ग्लोबल आइएमई बैङ्कले आफ्ना शेयरधनिहरूलाई १५ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

Next Post

ट्वीटबाटै पैसा कमाउन सकिने !

१६ बैशाख २०७८, बिहीबार १०:३५
काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले एउटा यस्तो फिचर थप गर्दैछ जसबाट प्रयोगकर्ताले समेत पैसा कमाउन सक्नेछन् ।ट्वीटरले निकट भविष्यमै प्रयोगकर्ताको प्रोफाइलमा एक नयाँ बटन थप गर्न लागेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आम्दानी गर्न सम्भव हुनेछ । वास्तवमा यो फिचरका माध्यमबाट प्रयोगकर्ताले ती प्रयोगकर्तालाई आर्थिक सहयोग गर्न वा टिप्स दिन […]