नेइमार पिएसजीमा यो सिजन निकै खुशी:

  ।   १६ बैशाख २०७८, बिहीबार १०:०५

 

 

नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा खुशी रहेको बताएका छन् । जारी सिजन पिएसजीमा आफ्नो अति खुशीको सिजन रहेको उनले बताएका हुन्। भविष्यलाई लिएर विभिन्न आशंका गरेका बेला नेइमारले आफू पिएसजीमा निकै खुशी रहेको दाबी गरे । पिएसजीसँग उनको हालको सम्झौता आउँदो समरमा सकिन्छ ।

तर २९ वर्षे नेइमारले नयाँ सम्झौता गर्न भने बाँकी छ । नेइमारको नाम उनको पूर्व क्लब बार्सिलोनासहितसँग जोडिने गरेको छ । सन् २०१७ मा उनी विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका हुन् ।

नेइमारले भनेका छन्, ‘यो वर्ष पिएसजी साँच्चिकै सुधार भएको छ र हामीले सुधारको क्रम जारी राख्नका लागि कडा मेहनत गरिरहेका छौँ । म वास्तवमै राम्रो महसुस गरिरहेको छु, खुशी छु । यो सिजन निकै खुशी छु । हामी च्याम्पियन्स लिग जित्न चाहन्छौँ ।’

नेइमारको पिएसजीले बुधबार राति घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्ने छ ।नेइमारले यो वर्ष च्याम्पियन्स लिगका सात खेलमा ६ गोल गरेका छन् । उनले सबै प्रतियोगितामा २४ खेलमा १४ गोल गरेका छन् ।

Next Post

आइपिएलः जितसहित चेन्नई शीर्ष स्थानमा:

१६ बैशाख २०७८, बिहीबार १०:०५
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।दिल्लीमा भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई सात विकेटले पराजित गरेको हो ।१७२ लक्ष्य चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि रुतुराज गाइक्वाडले ४४ बलमा ७५ तथा फाप डू प्लेसिसले […]