काठमाडौँबाट घर फर्किनेलाई दुई दिनको मात्रै समय, बिहीबारबाट सवारीसाधन ठप्प:

  ।   १३ बैशाख २०७८, सोमबार १६:३१

काठमाडौं । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए।


सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो।

Next Post

एमालेका नेपाल पक्षमाथि कारबाही रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

१३ बैशाख २०७८, सोमबार १६:३१
  काठमाडौं। माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वैशाख ६ गते […]