अक्सिजन प्रयोग गरिने उद्योग, बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह:

  ।   १३ बैशाख २०७८, सोमबार १६:१५

 

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो।

मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए।

पत्रमा ‘अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न’ उल्लेख गरिएको छ।

Next Post

काठमाडौँबाट घर फर्किनेलाई दुई दिनको मात्रै समय, बिहीबारबाट सवारीसाधन ठप्प:

१३ बैशाख २०७८, सोमबार १६:१५
काठमाडौं । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए। सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख […]