सपनाको कोठा

  ।   ९ बैशाख २०७८, बिहीबार १७:२६

सुमन गजुरेल

 लघुकथा

 

मेरो कोठाको भित्तामा निलो रङ भएको गोलो आकारको चन्द्रमाको चित्र टासिएको छ । म सधै सुत्नु अगाडी भित्तामा रहेको चन्द्रमाको चित्र हेरेर मात्र ओछ्यानमा पल्टिने गर्छु ।एक रात मैले सपना देखे । म ठुलो कोठामा थिए । झ्यालबाट बाहिर हेर्दा सुन्दर अनि ठुलो पृथ्बी देखिन्थ्यो । यो चाही चन्दमाभित्रको मेरो कोठा हो भन्ने सोचे । मनमनै म एक्दम खुशी भए ।

तर मेरो खुशी धेरै बेर टिक्न सकेन । चन्द्रमाभित्रको मेरो कोठा राम्रो सँग नियालेर हेर्छु। भित्तामा केहिपनी झ्युण्ड्याएको छैन । म पढ्न बस्ने टेबल तथा कुर्ची पनि छैन ।छ त केबल एउटा ठुलो कोठा र एउटा झ्याल मात्र । यस्तो घर चाहिदैन मलाई भनेर म चिच्याउछु । कराउछु ।

कराउदा कराउदै मेरो निद्राअ खुल्छ । म आफ्नो कोठा राम्रो सँग नियालेर हेर्छु । मेरो कोत्ठामा मेरो सुत्ने खाट छ । मैले पढ्न बस्ने कुर्चि, टेबल छ । भित्तामा क्यालेण्डर झ्युण्ड्याएको छ । निलो रङ भएको गोलो आकारको चन्द्रमाको चित्र टासिएको छ । झ्यालको नजिकै गमलामा भर्खर भर्खर उमृएको मनिप्लान्टको बिरुवा छ ।सपनमा देखेको कोठा भन्दा मेरो आफ्नै कोठा ठीक छ भनेर सोच्छु अनि फेरी सुत्छु ।

Next Post

बाँकेमा गयो कोरोना नियन्त्रण बाहिर ,बल्ल तात्दैछ स्थानीय सरकार:

९ बैशाख २०७८, बिहीबार १७:२६
बाँके।कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि स्थानीय तहहरु आइसोलेसन बनाउन लागि परेका छन्।नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाले अक्सिजन सुविधासहितको आइसोलेसन सेन्टर बनाउन कस्सिएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाले ह्वाइट हाउसमा अक्सिजन सुविधासहितको ५० बेड बनाएको छ। आवश्यकता अनुसारलाई त्यसलाई बढाउँदै जाने रणनीति बनाइएको छ। अर्को ठाउँमा पनि आइसोलेसन बनाउने तयारी भइरहेको […]