चिनियाँ राजदूत बसेको पाकिस्तानको क्वेटा स्थित होटलमा बम बिस्फोट:

,चारजनाको मृत्यु

  ।   ९ बैशाख २०७८, बिहीबार ०९:५६

पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न एक होटलमा बम बिस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ ।अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ ।

सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए, तर आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेको उनले बताएका छन् ।

बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किङ्ग क्षेत्रमा गएर बिस्फोट भएको मन्त्री अहमदले स्थानीय एअर न्यूज च्यानललाई बताएका छन् ।आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । पछिल्लो महिनाहरुमा तालिबानसहितका सशस्त्र समूहले अफगानिस्तानसँगको सीमा क्षेत्रका आदिवासी क्षेत्रहरुमा आक्रमण गर्दै आएका छन् ।

Next Post

मेरियट होटलमा ओली र नेपालबीच पुन छलफल सुरु:

९ बैशाख २०७८, बिहीबार ०९:५६
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। दुई नेताबीच काठमाडौंको नक्साल स्थित मेरियट होटलमा छलफल सुरु भएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच आपसमा जुहारी चल्ने […]