बाँकेमा एकहप्ता लकडाउन गर्न डीसीसीएमसी सिफारिस:

  ।   ८ बैशाख २०७८, बुधबार ०९:१७

बाँके। बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ। डीसीसीएमसीको मङ्गलवार (हिजो) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो।

बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुगेको होटलमा सशुल्क आइसोलेशन राख्ने निर्णय गरेकाे छ।

त्यस्तै भेरी अस्पताललाई तत्काल आवश्यक अक्सिजन व्यवस्थापनका लागि अनुरोध गर्ने, कोभिड व्यवस्थापनमा आवश्यक भएकाले जिल्ला समन्वय समितिमा रहेको कोषको रोक्का खाता फुकुवाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।बाँकेमा मङ्गलवार मात्रै दुई सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

Next Post

आज देशभरको मौसम कहाँ कस्तो रहला ?

८ बैशाख २०७८, बुधबार ०९:१७
काठमाडौं। हाल मुलुकमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ। देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र […]