हावाहुरीले निर्माणाधीन पक्की पुल उडायो:

  ।   ५ बैशाख २०७८, आईतवार १५:१२
 फाइल फोटो
फाइल फोटो

धादिङ।शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ।गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।

पुलको निर्माण तीन वर्ष अघि सुरु गरिएको थियो।हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए।

Next Post

दैलेखमा बस दुर्घटना, एघार जना घाइते, दुई जनाको अवस्था गम्भीर

५ बैशाख २०७८, आईतवार १५:१२
दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत आइतबार दैलेखको गुराँस गाउँपालिका –४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो। बस अनियन्त्रित भइ सडकमै […]