माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक:

  ।   ५ बैशाख २०७८, आईतवार १३:२०

काठमाडौं। नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछ। ‘भोलि बैठक बोलाइएको छ। अब नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ,’ श्रेष्ठले भने।

माओवादीले समर्थन फिर्ता नलिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्दै आएका छन्। श्रेष्ठका अनुसार बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ। पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन्।

Next Post

केपी ओलीको पराजय कर्णालीबाट सुरु भइसक्यो : प्रचण्ड

५ बैशाख २०७८, आईतवार १३:२०
चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्। माडी नगरपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। कार्यक्रममा प्रचण्डले असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरु भइसकेको र अब त्यो हार सबैतिर पुग्‍ने पनि बताए। उनले भने, ‘अब […]