घर भाडामा लिएर वेश्यावृत्ति,आठ युवतीकाे उद्धार, दुई पक्राउ :

  ।   १८ चैत्र २०७७, बुधबार १०:२७

झापा।दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घर भाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका युवतीकाे समेत प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो। पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

Next Post

कोरोनाको त्रासले धमाधम फर्कन थाले, भारत गएका नेपाली नागरिकहरु:

१८ चैत्र २०७७, बुधबार १०:२७
  सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट नेपाल दैनिक रुपमा एक हजार भन्दा बढि नागरिक नेपाल फर्किन शुरु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।भारतबाट फर्किएका तीन जनामा कोरोना पुष्टि भएसँग कोरोना संक्रमणको उच्च जोखिममा बाँके परेको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार […]