डोजर दुर्घटना हुदा ,सहचालकको मृत्यु चालक फरार:

  ।   ४ चैत्र २०७७, बुधबार १२:५६

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ ।सुलिगार्ड देखि फोक्सुण्डो जाने सडक खन्ने क्रममा बुधवार बिहानै करिब ६ बजेतीर भएको दुर्घटनामा परि सहचालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्युहुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ११ बस्ने हरिबहादुर सिँहको छोरा बर्ष १७ का हेमराज सिँह रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।सिँहको डोजरमा च्यापियर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ बस्ने बर्ष १५ का एकराज बुढाको हात खुट्टामा चोट लागेको डिएसपी पाण्डेले बताए ।उनको हात खुट्टामा चोट लागेकाले उपचारकालागि त्रिपुराकोट तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।डोजर अप्रेटर अनमोल सिँह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।डोजर सडकबाट करिब ३०० सय मीटर तल खसेको छ।

Next Post

एमाले संसदीय दलको बैठक आज, नेपाल पक्ष नजाने:

४ चैत्र २०७७, बुधबार १२:५६
काठमाडौँ।नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बिहान ११ बजेपछि बालुवाटारमा बस्ने छ ।तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ । बुधबारदेखि सुरु भएको नेपाल पक्षको […]