सभामुखले बोलाए ,कार्यव्यवस्था परामर्श समितिको बैठक:

  ।   २ चैत्र २०७७, सोमबार १४:५१

 

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको हो । यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक बोलाइएको थिएन ।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ ।

यसअघि फागुन २३ र २६ गते दुई दिन प्रतिनिधि सभा बैठक बसेको थियो । जसमा पहिलो दिनको बैठक काँग्रेस र जसपाले अवरुद्ध गरेको थियो भने दोस्रो दिन शोक प्रस्ताव पारित गर्दै सकिएको थियो ।

Next Post

संञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारीबिच भेटवार्ता सम्पन:

२ चैत्र २०७७, सोमबार १४:५१
धन बहादुर भण्डारी हुम्ला। जिल्लामा कार्यरत सञ्चारकर्मीसँग प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षक विच भेटघाट कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ। केही दिन अगाडी सरुवा भएर जिल्लामा पुगेका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले सोमबार दिउँसो १ बजे पत्रकारहरुसँग घेटघाट गरेका छन् । […]