सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ:

  ।   १ चैत्र २०७७, आईतवार १५:४३

धन बहादुर भण्डारी

हुम्ला।जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुन सुरु भएको छ । पावर हाउसका लागि पानीको श्रोत कमी हुँदा हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्न सुरु गरेको छ । यसले गर्दा बस्ति अन्धकार हुनुका साथै व्यवसाय धरापमा परेको स्थानीय व्यवसायीले गुनासो गर्न थालेका छन् ।

विद्युत नभएपछि फर्निचर, इलोक्टूोनिक्सका सबै व्यवसाय बन्द गर्नु पर्ने अवस्थाकम आएको हो । अहिले सिमकोटमा  फर्निचर व्यवसाय सात वटा रहेका छन् । लोड सेडिङ बढेपछि ती सबै बन्द राख्नु पर्ने अवस्था आएको छ । त्यसैगरी मोबाईल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नु परेको स्रोतको भनाई रहेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउसका लागि पानीको श्रोत कमी हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

वितरण केन्द्रका प्रमुखका अनुसार ,पाँच सय किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० किलोवाट देखि १५० किलोबाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । यसले झन समस्या ल्याएको हो । केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार आठ सय सेवाग्राहीलाई दैनिक एक मेघावाट विद्युत्त वितरण गर्नु पर्नेमा उत्पादनकै कमीले गर्दा लोड सेडिङ गर्नुको विकल्प नभएको उनको भनाइ छ । पानीको श्रोत कमी भएपछि आयोजना नजिकको लाङ्दु खोलाबाट पानी ल्याएर मुल नहरमा मिसाउने कामका लागि टेण्डर भएको र काममा ढिलाइ भएको कारण पनि समस्या भएको ऐडीको भनाई रहेको छ ।

Next Post

एमाले पार्टी कार्यालय धुम्बाराहीमा,ओली र नेपाल बिच वार्ता सुरु:

१ चैत्र २०७७, आईतवार १५:४३
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। उनीहरु वार्ताका लागि कार्यालय पुगेका हुन्। कार्यालयमा ओली समूहका नेता सुवास नेम्बाङ र नेपाल समूहका नेता भीम रावल‚ सुरेन्द्र पाण्डे‚ घनश्याम भुसाल पुगेका छन्। वार्ता ११ बजे बस्ने भनिए पनि नेताहरु केही समय ढिला गरेर […]