लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट:

३ जना घाइते

  ।   १ चैत्र २०७७, आईतवार १४:३६

सिरहा। सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले  बताए ।

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरुदुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

Next Post

सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ:

१ चैत्र २०७७, आईतवार १४:३६
धन बहादुर भण्डारी हुम्ला।जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुन सुरु भएको छ । पावर हाउसका लागि पानीको श्रोत कमी हुँदा हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्न सुरु गरेको छ । यसले गर्दा बस्ति अन्धकार हुनुका साथै व्यवसाय धरापमा परेको स्थानीय व्यवसायीले गुनासो गर्न थालेका छन् […]