चौलानी नदीमा युवक मृत फेला:

  ।   १ चैत्र २०७७, आईतवार १४:२१

बैतडी – चौलानी नदीमा आइतबार एक युवक मृत फेला परेका छन्।मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन्।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए।रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन’, उनले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ।’

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन्।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

जब फ्रान्सकी एक अभिनेत्रीले मञ्चमै लुगा फुकालिन्…

१ चैत्र २०७७, आईतवार १४:२१
फ्रान्समा एक अभिनेत्रीले सीजार अवार्डमा नग्न भएर प्रदर्शन गरेकी छन्।अवार्ड वितरणका लागि मञ्चमा बोलाइएकी अभिनेत्रीले कोरोना भाइरसको महामारीका कारण थलिएको कला तथा साँस्कृतिक क्षेत्रमा सरकारी सहयोग पर्याप्त मात्रा नभएको विरोधमा प्रदर्शन गरेकी हुन्। ५७ वर्षे अभिनेत्री कोरिने मासिएरो मञ्चमा रगत लत्तपतिएको डंकी (गधा) को कस्ट्युममा आएकी थिइन्। फ्रान्सको अस्कर अवार्डका […]